देश/प्रदेश

चितवनका बुद्धि सागर एनआरएनएको महासचिव उम्मेदवार

०
Banner

चितवन, असोज २२–

चितवनका बुद्धि सागर सुवेदीले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौँमा अक्टोबर १७ देखी सुरु हुन लागेको महाधिवेशनमा आगामी वर्ष २०२३–२५ को कार्यकालका लागी एजेण्डासहित उनले उमेदवारी घोषणा गरेका हुन् । उनी सुवेदी महेश कुमार श्रेष्ठको प्यानलबाट महासचिवका उमेदवार हुन् । उम्मेदवारी घोषणा लगत्तै सुवेदीले आफ्नो सक्रियता समेत बढाएका छन् । आफ्नो सक्रियता र कामको मूल्यांकनको आधारमा पनि आफ्नो बलियो दावेदारी रहेको सुवेदीले दावी गरेका छन् । उनी विभिन्न देशमा पुगेर एजेण्डा र प्रतिवद्धता प्रस्तुत गरेका छन् ।

एनआरएनएहरूको सुझाव संकलन गर्दै विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाट तिब्र पारेका थिए । वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गराउन, महिला, युवा लगायत दोश्रो पुस्तालाई श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने उनको अभियान छ ।

उनी २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् । एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुँदै, एनआरएनए एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गरेका थिए । ‘एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेको छु,’ सुवेदीले भने , ‘एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छु । संस्थागत बिकास र एनआरएनएमा सबैको अपन्त्व बोध गराउने भनेर महासचिवको उमेदवारी दिन लागेको हुँ ।’

चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए । अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठूलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । उनले अमेरिकामा दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन् । सुवेदीले भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन् ।
अमेरिकामा सफल ब्यवसायीको रुपमा परिचित सुवेदीले एनआरएनएलाई आमूल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न आफ्नो उमेदवारी रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको परियोजना र गतिविधि पारदर्शी बनाउँदै सचिवालय सञ्चालन गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>