राजनीति
इजरायलमा नेपालीको मृत्यु भएको शोकमा रास्वपाले रद्द गर्यो आजका पूर्वनिर्धारित कार्यक्रम
०

काठमाडौं,असोज २१-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ । शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो ।
ूशोकको यो दुःखद घडीमा सोमबारका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु, रास्वपाका सभापति रवि लामिछानले फेसबुकमार्फत भनेका छन् । उनले घाइतेहरूको उपचार, बेपत्ताहरूको खोजी, सुरक्षित स्थानान्तरण एवं स्वदेश फिर्ता प्रक्रियामा ढिलाइ नगर्न पनि आग्रह गरको छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























