राजनीति
तीन तहका सरकारबाट जनताले राहत अनुभूति गर्ने खालको काम हुँदैन: खनाल
०

काठमाडौं, असोज २१-
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको पुँजीवादी व्यवस्थामा तीन तहका सरकारले जनताले राहत अनुभूति गर्ने खालका काम गर्न नसकेको बताए ।
पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियानका क्रममा आइतबार रुपन्देहीको भैरहवामा समाजवादी प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको व्यवस्थामा जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम नगर्ने बताएका हुन् ।
पुँजीवादी व्यवस्थाले आम नागरिकलाई भन्दा बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको आरोप लगाउँदै ‘पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न सकेको छैन’, खनालले भने, ‘अब समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























