राजनीति

समाजवादको यात्राका लागि कम्युनिस्टहरू एक हुनुपर्छ: नेता खनाल

Banner

बुटवल,असोज २१-

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आज भैरहवामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको बताएका हुन् ।

वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता रहेको उनको भनाइ छ । उनले समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने बताए । उनले यसका लागि नयाँ ध्रुवीकरण जरुरी रहेको खुलाए।

उनले मुलुकमा बेरोजगारी व्याप्त रहेको उल्लेख गर्दै रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको जनाए । मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>