देश/प्रदेश
चीनको बिआरआईमा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध छः प्रचण्ड

काठमाडौं, असोज २१-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) मा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच जीत-जीतको सम्बन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवर्द्धन गर्न सकिने ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यो सम्भावनालाई अवसरमा बदल्न आह्वान गरे।
‘विगतमा म आफैं सरकारको नेतृत्वमा रहँदा र महामहिम राष्ट्रपति सी चीनफिङको २०१९ मा भएको ऐतिहासिक भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धीलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल चीनको द्रूततर विकास, गरिबी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआई) बाट पूरा लाभान्वित हुन चाहन्छ।’
नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाटमात्रै आवश्यकता पूरा हुन सक्ने परिस्थिति नरहेको उनको भनाइ छ।



























