देश/प्रदेश

वल्र्डलिंकले ल्यायो दशैँ लक्षित चाडपर्व अफर, सामसङका सामान किन्दा साढे १५ हजार रुपैयाँसम्म छुट

Banner

काठमाडौँ, असोज २०–

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिङ्क कम्युनिकेसन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा विभिन्न अफर ल्याएको छ ।

वल्र्डलिंकले चाडपर्वको अवसरमा सामसङका उत्पादनमा छुट दिने अफर ल्याएको हो । यसअन्तर्गत वर्ल्डलिङ्कका नयाँ तथा पुराना ग्राहकले सामसङका विभिन्न उत्पादनमा साढे १५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सामसङको २३० लिटरको रेफ्रिजेरेटर, ५५ र ४४ इन्चको फोरके अल्ट्रा एचडी टेलिभिजन, फ्रन्ट लोडिङ वासिङ मसिन र सामसङ ए२४ एलटीई स्मार्टफोन ९८र१२८ जीबी० मा चार हजारदेखि साढे १५ हजार रुपैयाँसम्म छुट पाइने छ । आगामी पुस १० गतेसम्म सञ्चालन हुने अफरमा कम्तीमा तीन महिना वा एक वर्षको इन्टरनेट शुल्क भुक्तानी गरेका ग्राहक योग्य हुनेछन् ।

सामसङ उत्पादनमा छुट पाउन सबैभन्दा पहिले इन्टरनेटका ग्राहकले नजिकैको वर्ल्डलिङ्कको शाखाबाट कुपन ९भाउचर कोड० संकलन गर्नुपर्ने बताइएको छ । ​यो अफरबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>