देश/प्रदेश

श्रीमतीको हत्या गरेर श्रीमानले पनि गरे आत्महत्या

०
Banner

दाङ, असोज २०-

दाङमा एक युवकले श्रीमतीको हत्या गरेर आफूलेपनि आत्महत्या गरेका छन् । सल्यानको त्रिवेणी ४ फलाबाङ घर भई तुलसीपुर ९ बेलुवामा डेरागरी बस्ने २५ वर्षिय सुशील भण्डारीले २२ वर्षिया श्रीमती पवित्रा डाँगीको हत्यागरी आफूले पनि झुन्डिएर आत्महत्या गरेका हुन् ।

इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीका अनुसार हिजो बेलुकीदेखि आज बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा सुशील पंखामा झुन्डेको पवित्रा खाटमा मृत अवस्थामा फेला पारेको थियो ।

पवित्राको टाउको गम्भीर चोट देखिएको छ । सुशीलले श्रीमतीको कुटपीट गरी हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>