देश/प्रदेश

आइजिपी कुँवर नेतृत्वको चार सदस्यीय टोली बेलायत प्रस्थान

०
Banner

काठमाडौँ, असोज २०-

प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर नेतृत्वको चार सदस्यीय टोली बेलायत गएको छ। बेलायत सरकारको निमन्त्रणामा आज (शनिबार) आइजिपी कुँवर नेतृत्वको टोली बेलायत प्रस्थान गरेको हो।

आइजिपी कुँवरसँगै प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत गएका हुन्।

उनीहरु असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम (फेज-२) विषयक कार्यक्रममा सहभागी हुन छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>