राजनीति

रामकुमारीले भनिन्- हामी राज्यको जिम्मेवार शक्ति हौं, हामीलाई रविको भाष्य बोल्न छुट छैन

Banner

काठमाडौँ, असोज १५-

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अब आफूहरुलाई रास्वपा सभापति रवि लामिछानेको भाष्य बोल्ने छुट नभएको बताएकी छन् ।

इटहरीमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘हामीलाई अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन । सानो पार्टी भए पनि हामी राज्यको जिम्मेवार शक्ति हौं । अब हामी संवैधानिक कुरा गर्छौं । संविधानमा संकट आयो भने हामीले बचाउनुपर्छ, भन्छौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>