चितवन विशेष
झण्डै एक करोड रुपैयाँको म्याद गुज्रिएको बियर विभागले चितवनको कम्पनीमै लगेर नष्ट गर्यो
०

चितवन, असोज १५-
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । काठमाडौँको धुम्बाराहीबाट बरामद भएको बियरलाई विभागले चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो । तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन ।
विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको छ ।
हिजो काठमाडौँको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको विभागले पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको छ । फाइल फोटो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























