राजनीति
समाजवादी मोर्चालाई २ वर्ष सरकार चलाउन दिन गगनको प्रस्ताव
०

काठमाडौँ, असोज १४
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल काँग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन्।
आईतवार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि काँग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रीपरिषद्बाट काँग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























