राजनीति

चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछः प्रवक्ता सापकोटा

Banner

काठमाडौ,असोज १४-

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनसँग भएको भैंसीको मासु निर्यातको सहमतिले देशको व्यापार घाटा न्युनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘भैंसीको मासु निर्यात गर्ने कुरा भएको छ। नेपाल कृषिप्रधान देश हो। त्यसमा पनि पशुको कुरा गर्दा भैंसीपालन नै हो। त्यो हाम्रा लागि प्रचुर सम्भावना छ। यसमा पनि सहमति भएको छ।’ उनले यस विषयमा दूरगामी महत्व, खोज र अनुसन्धान गरेर उत्पादन बढाउनुपर्ने बताए। ‘हामीले यसको दूरगामी महत्व, खोज अनुसन्धान गरेर उत्पादनलाई गुणात्मक ढंगले बढाउन सक्यौं भने हाम्रो व्यापार घाटा न्यूनिकरण गर्न धेरै महत्वपूर्ण भूमिका खेल्नेछ,’ उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>