राजनीति

प्रधानमन्त्री प्रचण्डको दाबी- दुवै भ्रमण सफल भएको छ

Banner

काठमाडौं, असोज १४-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ र चीनको भ्रमण सफल भएको दाबी गरेका छन् । भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले समग्रमा दुवै भ्रमण सफल भएको बताए ।

उनले भने, ‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ ।’

प्रधानमन्त्री प्रचण्डले भ्रमणमा पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>