राजनीति
असोज १६ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित
०

काठमाडौं, असोज १४-
प्रतिनिधि सभाको अर्को बैठक यही असोज १६ गते मंगलबार बस्ने गरी स्थगित भएको छ। मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी गराएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका र चीन भ्रमणबारे जानकारी गराएका थिए। साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक पेश गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























