राजनीति
दिन दहाडै मान्छे मार्नेलाई राष्ट्रपतिले आममाफी दिने प्रणाली बन्द गरियोस्ः रवि लामिछाने
०

काठमाडौं, असोज १४-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिनदहाडै खुँडा हानेर मानिस मार्ने अपराधीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएको भन्दै विरोध गरेका छन्। आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो प्रणाली बन्द गर्नुपर्ने बताएका हुन्।
‘हामीले लगानी गरेर बनाएको संविधान दिवसको दिनको अवसर पारेर, यसमा मौका छोपेर जुन काम सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुन गयो, राष्ट्रिय स्वतन्त्र पार्टी घोर विरोध गर्न चाहन्छ,’ उनले भने, ‘ लोकतन्त्र, संविधान यी विषयमा टेकेर यस्ता जघन्य अपराध गर्ने, दिउँसै मानिसलाई हत्या गरेर आजीवन सजायँ पाएको मानिसलाई, जनताले खुसी मान्ने दिनको अवसरमा उन्मुक्ति दिने प्रणालीलाई बन्द गर्नका निम्ति माग गर्छु।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























