खेलकुद
पाकिस्तानलाई ३-० ले हराउँदै भारत च्याम्पियन
०

काठमाडौँ असोज १३-
यु-१९ साफ च्याम्पियनसिप अन्तर्गत आज भएको फाइनल खेलमा पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन बनेको छ। शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-० ले पराजित गर्दै तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको हो।
खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल व्यहोरेको थियो। खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए। डिबक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो। खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि भारत जित नजिक पुगेको हो। इन्जुरी समयमा किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३-० को जित दिलाए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























