राजनीति
सरकार उल्टो गतिमा हिँडेको महामन्त्री थापाको अरोप
०

सिन्धुली, असोज १३-
कांग्रेस महामन्त्री गगन थापाले सरकार उल्टो गतिमा हिँडेको आरोप लगाएका छन् । सिन्धुलीको दुधौलीमा कांग्रेसले शनिबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले डाक्टरहरुको आन्दोलनलाई सरकारले अनदेखा गरेको आरोप लगाए । उनले डाक्टर कुट्नेलाई थुन्नुपर्ने भन्दै नथुन्नु पर्नेलाई थुन्ने गरेको उनले बताए ।
प्रदेश सरकारलाई अधिकार नदिएकोमा आक्रोश व्यक्त गर्दै महामन्त्री थापाले एउटा भवन बनाउन जग्गाको निर्णय गर्नुपर्दा मुख्यमन्त्रीलाई मालपोतको हाकिमले डन्डा चलाउने गरेको बताए । यसरी कसरी संघीयता बलियो नहुने उनको टिप्पणी छ ।
कोशी प्रदेशमा केही दिनमै कांग्रेस नेतृत्वमा सरकार बन्ने उनले ठोकुवा गरे । कांग्रेसको जिम्मामा देश रहेकाले यो भएन, त्यो भएन भन्ने छुट नरहेको महामन्त्री थापाको भनाइ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























