देश/प्रदेश
सप्तरीमा पाँचौँ ‘जितिया महोत्सव’ हुँदै

सप्तरी, असोज १३–
थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’को अवसरमा सप्तरी जिल्लामा पाँचौँ ‘जितिया महोत्सव–२०८०’ हुने भएको छ ।
सप्तरीको खडक नगरपालिका–८, स्थित बिसनपुरको हटियामा हुने कार्यक्रम थारु कल्याणकारिणी सभा खडक नगरसमिति, थारु महिला सभा र डिहबारबाबा सामुदायिक युवा क्लवको संयुक्त आयोजनामा हुन लागेको हो ।
कार्यक्रम यही असोज २० गते शनिबार विहान १० बजेदेखि सुरु हुनेछ । महोत्सवलाई सफल बनाउन ५१ सदस्यीय मुल आयोजक समिति समेत गठन गरिएको छ भने विभिन्न ११ वटा उपसमितिहरु बनाइएको छ । महोत्सवका संयोजक सत्यनारायण चौधरीले जितिया महोत्सव सप्तरीकै ब्राण्ड बनेको बताए । उनले महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । २०७६ सालदेखि जहइन्टरटेनमेन्ट प्रा.लि.ले महोत्सवको सुरुवात गरेको थियो ।
जितिया महोत्सवको आकर्षणमा मिस्टर एण्ड मिस थारु २०७९ का प्रतिस्पर्धीहरुद्धारा नेपाल भरिकै थारु पहिरनहरुको प्रदर्शन, थारु परम्परागत तथा आधूनिक नाचनागका साथै प्रहशन, थारु जातिमा रहेका विविधितायुक्त पहिरन प्रदर्शन, विभिन्न जिल्लाका थारु साँस्कृतिक नाच तथा गीतहरु प्रस्तुत, राष्ट्रिय तथा स्थानीय कलाकाहरुद्धारा सांगीतिक प्रस्तुती रहने छ ।
जितिया पर्व थारु महिलाहरुको मुख्य चाड हो । नेपालको थरुहट भू–भाग पूर्वी झापादेखि पश्चिम नवपरासीसम्मका जिल्लाहरुमा जितिया पर्व मनाउने गरिन्छ ।
























