देश/प्रदेश

प्रतिकेजी ३० रुपैयाँले बढ्यो कुखुराको मासुको मूल्य

Banner

काठमाडौँ, भदौ ३१-

कुखुराको मासुको मूल्य बढेको छ ।

ठूला चाडपर्व नजिकिएसँगै कुखुराको मासुको मूल्य बढाउन थालिएको छ । प्रतिकेजी ३० रुपैयाँले कुखुराको मासुको मूल्य बढेको हो ।

जिउँदो कुखुरा बिक्री गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले बढेसँगै ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने खुद्रा बिक्रेताहरु मासुको मूल्य किलोमा ३० रुपैयाँले बढाइएको छ ।

२५ भदौमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ बनाएको थियो । संघले किलोमा १० रुपैयाँले मूल्य बढाएकै दिन खुद्रा बिक्रेताले प्रतिकिलो १५ रुपैयाँले तयारी मासुको मूल्य बढाएर ३७५ रुपैयाँ पुर्‍याएका थिए । यसअघि तयारी मासुको प्रतिकेजी मूल्य ३६० रूपैयाँ थियो । यस्तै २७ भदौमा बिक्री संघले थप १० रुपैयाँले वृद्धि गरेर तयारी कुखुराको कोल्ड स्टोर मूल्य ३६० रुपैयाँबाट बढाएर ३७० रुपैयाँ पुर्‍याएको थियो । सातामै दोस्रो पटक मूल्यवृद्धि पछि बजारमा तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य ३९० रुपैयाँ पुगेको छ ।

बजारमा माग बढेको र उत्पादनमा सीमितता भएका कारण मूल्य स्वभाविक बढेको संघका सचिव देवकुमार गिरीले बताए । स्रोतः अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>