चितवन विशेष

भरतपुरको नौरङ्गे टोल विकास संस्थामा सन्तोष पन्तको नेतृत्व

Banner

चितवन, भदौं ३१-

भरतपुर महानगरपालिका–१२ नौंरङ्गे टोलको अध्यक्षमा सन्तोष पन्त चयन भएका छन् ।

टोलको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनले पन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा पुस्तकराज न्यौपाने, सचिवमा संगिता थापा, कोषाध्यक्षम युवानिधी तिवारी, सहसचिवमा बाबुराम अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः शान्ता पराजुली, डिलबहादुर श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, होमनाथ चापागाई, कमलबहादुर रसाइली र कालीबहादुर दराई रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।

नौंरङ्गे टोल विकास संस्थाको साधारण सभाको औपचारिक कार्यक्रम पश्चात ऋषिराम पौडेलको संयोजकत्वमा भरतसिंह कुँवर र विनोद खतिवडा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले सहमतिका आधारमा नवगठित कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पन्तले आफूलाई योग्य सम्झेर जिम्मेवारी प्रदान गरेकोमा टोलवासी तथा निर्वाचन समिति प्रति आभार प्रकट गर्दै आवश्यकताको पहिचान गरी टोलबासीहरुको सहयोग र समन्वयमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नव गठित कार्यसमितिलाई निर्वाचन संयोजक ऋषिराम पौडेलले शपथ ग्रहण गराउनुका साथै वडा अध्यक्ष हरि पन्तले खादा लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मीकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा नौरङ्गे टोल विकास सस्थाका पूर्वअध्यक्षहरु, धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरतसिंह कुँवर, धनगढा खानेपानी उपभोक्ता समूहका अध्यक्ष मदनकृष्ण घिमिरे, भ्रष्टचार विरुद्धको अभियान सहयोगी समूह भरतपुर १२ का अध्यक्ष ऋषिराम पौडेल, समाजसेवी चित्रबहादुर भण्डारी सहितको उपस्थितिमा सचिव विष्णु पराजुलीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पुस्तकराज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

वडा अध्यक्ष पन्तले आफू २०४८ सालमा चितवन बसाइँसराइ गर्दा परिवारसहित नौरङ्गे टोलमा बसाई सरेको त्यसपछि जहाँ जहाँ बसे पनि आफ्नो स्थायी बतन नौरङ्गे नै लेख्ने गरेकोले नौरङ्गे प्रति आफ्नो अगाध स्नेह र लगाव भएको बताएका थिए । उनले टोलको समृद्धि र विकासमा टोलबासीसँग साथ साथ हिड्न आफू सदा तत्पर रहेको बताएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>