देश/प्रदेश
गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते
०

काठमाडौँ, भदौ ३१-
दाङको तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। नेपालगंजबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर – १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं.को अटोरिक्सालाई आज ठक्कर दिएको हो ।
प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर-१६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा ६ जना घाइते छन्।
अटो चालक तुलसीपुर – ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ। उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























