देश/प्रदेश
मोटरसाइकल दुर्घटनामा अनेरास्ववियुका दुई नेताको निधन
०

सिन्धुपाल्चोक, भदौ ३०-
सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका दुई जना जिल्ला स्तरीय नेताको निधन भएको छ ।
मेलम्चीबाट संगठनको काममा बाह्रविसे जाने क्रममा बलेफीमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो । खाडीचौरबाट आएको तेल ट्याङ्करले बाह्रबिसे जादै गरेको बा ०२ ०३१ प ५९७६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार दुई जनाको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङकोनिधन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























