देश/प्रदेश
१२ देखि १७ वर्ष उमेर समूहका छात्रा बेहोस हुन थालेपछि पठनपाठन प्रभावित
०

बैतडी, भदौ ३०-
बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।
कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित भएको हो ।
हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीका अनुसार उजका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ । सुरुमा एक छात्रालाई यो समस्या देखिए लगत्तै अरू छात्रामा पनि देखिएको उनले बताए । ‘विद्यालय समयमा दैनिक चार÷पाँच छात्रामा यस्तो समस्या देखिने गरेको छ । १२ देखि १७ उमेर समूहका छात्रामा यो समस्या बढी छ’, कलौनीले भने, ‘विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन पनि प्रभावित हुने गरेको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























