देश/प्रदेश

ठेलागाडा उठाउन पुगेको नगरप्रहरीमाथि ठेलागाडावालाले घाँटी न्याँकेपछि

Banner

भक्तपुर, भदौ ३०-

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा नगरप्रहरीमाथि हातपात भएको छ । कृष्ण अष्टमीको दिन राधेराधे मन्दिर छेउमा गाडामा सामान बेच्ने राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरीमाथि ठेलागाडावालाले हातपात गरेको हो ।

सडक किनारमा ठेलामा सामान राखेर बेच्दै गरेकी एक महिलाको नगरप्रहरीले गाडा खोसेपछि ती महिलाले नगरप्रहरीको घाँटी न्याकेकी हुन् । नगरप्रहरीको टोली पुगेपछि उनको गाडा नगरप्रहरीले खोसेको थियो र नगरप्रहरीले बेच्न राखेको कपडा भने भुईमा राखेर गाडामात्र लिएर गएका थिए ।

उनीहरु बिच केहीबेर गाडा तानातान भएको थियो । गाडा नगरप्रहरीले उठाएर लगेपछि आक्रोशित ती महिलालाई गाडा छुटाउन तानिरहेकी महिला नगरप्रहरीलाई आक्रमण गर्न पुगिन् । उनले महिला नगरप्रहरी बुद्ध लक्ष्मी सुवाल अधिकारीलाई घाँटीमा न्याँकेपछि हिरिकहिरिक भएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>