देश/प्रदेश
एक महिनामै २ करोडको चुइगम आयात
०

काठमाडौँ, भदौ ३०-
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै विदेशबाट २ करोड रुपैयाँभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनामै २ करोड १४ लाख रुपैयाँको चुइगम आयात भएको हो ।
यसबापत आयातकर्ताले राज्यलाई १ करोड ७२ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् । यस्तै, यस अवधिमा ४६ हजार ६५७ किलोग्राम चुइगम आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार नेपालमा विश्वका ४ देशबाट चुइगम आयात हुने गरेका छन् । चुइगम आयात हुने केही देशको नाम भने खुलेको छैन । यस अवधिमा भारतबाट सबैभन्दा धेरै २ करोड ७ लाख रुपैयाँको चुइगम आयात भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























