गण्डकी

गैँडाकोटका स्वास्थ्य संस्थामा नगरपालिकाको अनुगमन, मापदण्ड पुर्‍याउन निर्देशन

Banner

गैँडाकोट, भदौं २६-

गैँडाकोट नगरपालिकामा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित फार्मेसी, क्लिनिक एवम् मेडिकल ल्याबहरु मापदण्ड पूरा नगरी सञ्चालन गरिएको पाइएको छ ।

गैँडाकोट नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरुको मंगलबार अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाइएको हो ।
गैँडाकोटकी उपमेयर एवम् अनुगमन समिति संयोजक शान्ति कोइरालाले अनुगमनका क्रममा त्रुटि भेटिएका स्वास्थ्य संस्थालाई सचेत गराउदै मापदण्ड पूरा गरी सञ्चालन गर्न समेत सुझाव दिएकी छन् ।

अनुगमनका क्रममा बलेवा मेडिकल हल गैँडाकोट–२ कालिगण्डकी चोकमा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेको मेडिकललाई एक हप्ताको अल्टिमेटम दिएको छ । सात दिनभित्र दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको हो ।

पर्याप्त सरसफाइ नगरेको, स्वस्थ सेवा दिँदा पालना गर्नुपर्ने मापदण्डहरु समेत पालना नगरेको भेटिएको थियो । मूल्य सूची राख्न एवम् मापदण्ड पूरा गरी सञ्चालन गर्न समेत अनुगमन टोलीले सचेत गराएको छ ।

त्यस्तै, गैँडाकोट–१ मा मौलाकालिका मेडिकल हल दर्ता नगरी सञ्चालन गरेको र मेडिकल हल सञ्चालन गर्दा आवश्यक पर्ने कागजातसमेत नभएकोले तत्कालको लागि मेडिकल हल बन्द गरिएको छ । टोलीले आज मंगलबार गैँडाकोट नगरपालिका वार्ड १ र २ मा रहेका १० वटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दुई वटा मेडिकल बाहेक अरुमा भने खासै त्रुटि भेटिएको थिएन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>