राजनीति
सुवास नेम्वाङको भूमिकालाई जनताले सम्झिरहनेछन्: अध्यक्ष केसी
०

काठमाडौं, भदौ २६-
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गरेका छन् । अध्यक्ष केसीले २०७२ सालमा दलहरूबीच सहकार्य र सामञ्जस्यता कायम नेम्वाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अध्यक्ष केसीले नेम्वाङको कानुनको क्षेत्रको गहन अध्ययन, बौद्धिक क्षमता तथा सामन्तवादविरुद्धको ऐक्यबद्धताले नै संविधान निर्माणमा भूमिका खेल्न सम्भव भएको बताएका छन् ।
मुलुकलाई गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा नेम्वाङले खेलेको भूमिकालाई देश र जनताले सम्झिरहने अध्यक्ष केसीले उल्लेख गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























