राजनीति
नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्यो: पूर्वप्रधानमन्त्री डा भट्टराई
०

काठमाडौँ, भदौ २६-
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताउनुभएको छ ।
उहाँले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताउनुभयो । “ आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ”, उहाँले भन्नुभयो, “मैले आत्मीय मित्र गुमाएको छु”, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गर्नुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























