अर्थ

कृषिमा युवा आक्रर्षित छैनन् ५५ बर्ष कटेपछि कृषि गर्ने बढे

Banner

काठमाण्डौँ ,भदौ २१
उच्च शिक्षा र रोजगारीको खोजीमा युवा विदेश पलायन हुने लहर चलिरहेको बेला कृषि क्षेत्रमामा पनि युवाहरुको उपस्थिति खस्किन थालेको देखिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को विवरणअनुसार ५५ वर्ष उमेर कटेपछि कृषिमा लाग्ने परिवार संख्या बढ्दै गएको छ भने त्यो भन्दा तल्ला उमेर समूहका परिवारको कृषिमा सहभागिता घटिरहेको पाइएको छ ।

प्रकाशित नयाँ तथ्यांकअनुसार सक्रिय चार उमेर समूहको कृषिमा सहभागिता ३ प्रतिशत अर्थात ८१ हजार ५६४ परिवारले घट्दा निष्क्रिय उमेर समूहका मानिसहरुको २ समूहको कृषिमा सहभागीता ३ प्रतिशत अर्थात ३३ हजार ३६९ ले बढेको छ ।

२५ वर्ष मुनि, २५ देखि ३४ वर्ष मुनि, ३५ देखि ४४ वर्ष मुनि र ४५ देखि ५४ वर्ष मुनि उमेर समूहका मानिसहरु कृषिबाट बाहिरिरहेको र ५५ देखि ६४ र ६५ वर्ष भन्दा माथिको उमेर समूहका मानिसहरु कृषि क्षेत्रमा बढीरहेको तथ्यांकमा उल्लेख छ ।

२०६८ मा २५ वर्ष मुनि उमेर समूहका एक लाख १९ हजार कृषक परिवार कृषिमा थिए । २०७८ मा यस्तो सहभागीता एक लाख ७ हजारमा झरेको छ ।

२०६८ सालसम्म २५ देखि ३४ वर्ष उमेर समूहका १६।१ प्रतिशत अर्थात ६ लाख १७ हजार ३ सय कृषक परिवार कृषिमा थिए तर २०७८ मा यो संख्या १।२ प्रतिशत घटेर १४।९ प्रतिशत अर्थात ६ लाख १६ हजार ८ सयमा आइपुगेको छ ।

२०६८ को कृषि गणनामा ३५ देखि ४४ वर्ष उमेर समूहका २६।७ प्रतिशत अर्थात १० लाख २२ हजार ५ कृषक परिवार कृषिमा रहेकामा, अहिले यो संख्या एक प्रतिशत घटेर २५।७ प्रतिशत अर्थात १० लाख १२ हजार परिवारमा सीमित भएको छ ।

यस्तै ४५ देखि ५४ वर्ष उमेर समूहका २५।१ प्रतिशत अर्थात् ९ लाख ५९ हजार ७ सय कृषक परिवार २०६८ मा कृषि पेशामा थिए । तर २०७८ मा यो उमेर समूहका २ हजार ८७९ अर्थात ०।३ प्रतिशतले कृषि छोडेका छन् । अब यो उमेर समूहका ९ लाख ५७ हजार अर्थात २४।८ प्रतिशत मानिस कृषिमा रहेको नयाँ तथ्यांकमा उल्लेख छ ।

नयाँ तथ्यांकले ५५ वर्ष उमेर कटेपछि कृषिमा लाग्ने निष्क्रिय जनसंख्या ३ प्रतिशतले वृद्धि भएको छ । नयाँ विवरणअनुसार २०६८ सालमा ५५ देखि ६४ वर्ष उमेर समूहका १७।७ प्रतिशत कृषक परिवार कृषि पेशामा थिए । २०७८ मा यो संख्या ०।७ प्रतिशतले बढेर १८।३ प्रतिशत पुगेको छ । यस्तै ६५ वर्ष माथि उमेर समूहमा कृषि गर्ने संख्या नयाँ गणनामा २ दशमलव ३ प्रतिशतले बढेर १३ दशमलव ७ प्रतिशत पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>