अपराध

बेलायत पठाइदिने भन्दै ३४ लाख भन्दा धेरै ठगी गरेको आरोपमा एकजना पक्राउ

Banner

काठमाण्डौ वैशाख २३–

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै योगेशले ठगी गरेको उजुरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । उनी किरात राई यायोख्या बेलायतका अध्यक्ष साथै बेलायतमा रहेका नेपाली सुनचाँदी व्यवसायीको सङ्गठनका पनि अध्यक्ष हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>