अपराध

बेलायत पठाइदिने भन्दै ३४ लाख भन्दा धेरै ठगी गरेको आरोपमा एकजना पक्राउ

०
Banner

काठमाण्डौ वैशाख २३–

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै योगेशले ठगी गरेको उजुरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । उनी किरात राई यायोख्या बेलायतका अध्यक्ष साथै बेलायतमा रहेका नेपाली सुनचाँदी व्यवसायीको सङ्गठनका पनि अध्यक्ष हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>