राजनीति
कांग्रेसको केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते
०

काठमाडौं,कात्तिक ९ –
नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले कात्तिक १२ गते शपथ ग्रहण गर्ने भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुने पार्टीले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।
पार्टीका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै शपथ ग्रहण समारोहमा उपस्थितिका लागि सम्बन्धित सबैलाई निमन्त्रणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























