देश/प्रदेश

ललितपुरमा आगलागी हुँदा बालबालिकासहित एकै परिवारका ५ जना घाइते

Banner

काठमाडौँ, वैशाख २३-

ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो। आगलागीमा एकै परिवारका पाँच जना घाइते भएका छन् । घाइतेहरू पाँचै जनालाई किष्ट अस्पतालमा लगिएको छ।

आगलागीमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन्। आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>