घटना -दुर्घटना

मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते

Banner

पोखरा, वैशाख १८-

मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीमा सेल्फिडाँडामा मङ्गलवार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका ३३ विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस दुर्घटनामा परेको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।

घाइते २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए । उनीहरूको अवस्था सामान्य रहेको र केही समयमा डिस्चार्ज हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>