शिक्षा

कक्षा १२ को परीक्षामा शिक्षकले नै फेसबुक म्यासेन्जरमा ग्रुप बनाई प्रश्नका उत्तर पठाएपछि..

Banner

दाङ, वैशाख १८-

तुलसीपुर उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमनलाई तीव्र बनाएको छ । कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि देशैभर एकैसाथ चलिरहेको छ ।परीक्षा अमर्यादित भएको पाइएपछि उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमनलाई तीव्र बनाएको हो।

मेयर टिकाराम खड्काको नेतृत्वमा छुट्टाछुट्टै टोली अनुगमन र निरीक्षणमा छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार हालसम्म करिब ४३५ थान मोबाइल बरामद गरिएको छ ।

निरीक्षणका क्रममा हालसम्म सबै भदा धेरै तुलसीपुरमा उत्कृष्ट मानिने ज्ञानज्योती माविका विद्यार्थीबाट चिट चोर्न प्रयोग गरिएका मोबाइल बरामद भएका छन् ।

ज्ञानज्योतीका विद्यार्थीले महेन्द्र मावि, गुरुजजुर मावि रक्षाचौर मावि र जनता संस्कृत मावि बिजौरी सहित तीनवटा केन्द्रबाट परीक्षा दिइरहेका छन् । ती मध्य पहिलो दिन महेन्द्र मावि केन्द्रबाट १२८ थान ,दोस्रो दिन गुरुजजुर मावि रक्षाचौर केन्द्रबाट १९ थान र तेस्रो दिन जनता संस्कृत मावि बिजौरी केन्द्रबाट १०६ थान गरी २५३ थान मोबाइल ग्रुप म्यासेन्जरमा चिट चोर्दाचोर्दै बरामद गरिएको छ ।

शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार तुलसीपुरका परीक्षा केन्द्रमा शिक्षकले नै फेसबुक म्यासेन्जरमा ग्रुप बनाई प्रश्नका उत्तर पठाउने गरेका छन् । उक्त ग्रुपमा परीक्षार्थीलाई समेत जोडिएको छ । परीक्षार्थीले म्यासेन्जर ग्रुपमा आएको प्रश्न उत्तर उत्तर पुस्तीकामा सार्ने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले ग्रुप म्यासेन्जरमा आएका प्रश्न उत्तर, ग्रुप एडमिन र प्रश्नको उत्तर लेख्ने शिक्षकका बारेमा प्रमाण सहित प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई जानकारी गराएको छ । स्रोतः नेपाल प्रेस

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>