देश/प्रदेश

अमेरिकी सेनाको एक टुकडी आज नेपाल आउँदै

Banner

काठमाडौं, भदौ २१-

नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको एक टुकडी आज काठमाडौं आउँदैछ।

दुई देशका सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ (जेसीईटी) ब्यालेन्स नेलको चालिसौं संस्करणमा सहभागी हुन अमेरिकी सेना आज आउन लागेको छ।

यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौं उपत्यकामा सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।

भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित आज अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>