देश/प्रदेश
गौरा पर्वका लागि बैतडीका स्थानीय तहमा सार्वजनिक बिदा
०

बैतडी, भदौ १९-
सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौराका लागि बैतडीका स्थानीय तहहरूले सार्वजनिक बिदा दिन थालेका छन्। जिल्लाको सुर्नया र दोगडाकेदार गाउँपालिकाले भदौ २१ र २२ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
दुवै पालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएर गौरा पर्वको लागि बिदा दिएका हुन्। भदौ ७ गते गौरा नमनाएका ठाउँमा सोमबारदेखि गौरा पर्व सुरु भएको छ। भदौ २१ गते गौराको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ।
सोहि अवसरमा पालिकाहरूले बिदा दिएका हुन् । २१ र २२ गते पालिका भित्रका सबै कार्यालय एवं संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























