राजनीति
रविले भेटे भारतीय राजदूत
०

काठमाडौँ, भदौ १५-
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । रास्वपा पार्टी कार्यालय वनस्थलीमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो ।
सो अवसरमा नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनुका साथै आपसी चासोका मुद्दालाई सम्वादमार्फत् हल गर्दै जानुपर्नेमा पार्टी सभापति लामिछानेले जोड दिनुभएको थियो । उहाँले रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास भएको बताउनुभएको थियो ।
उक्त भेटमा रास्वपाकातर्फबाट महामन्त्री डा मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल र अर्का सांसद मनिष झाको सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























