खेलकुद
काठमाडौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो
०

काठमाडौं,कात्तिक १२ –
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिए ।
जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























