राजनीति
चीनले जारी गरेको नक्साबारे प्रचण्डको चीन भ्रमणका बेला कुरा हुन्छ: प्रवक्ता सापकोटा
०

काठमाडौं, भदौ १५-
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार चीनले जारी गरेको नक्सामा नेपालको भूभागलाई नसमेटिएको विषयलाई कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले चीनले जारी गरेको नयाँ नक्साबारे कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।
‘चीनले जारी गरेको नयाँ नक्सामा किन त्यस्तो हुन गयो र कसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन भन्ने विषयमा कूटनीतिक माध्यममा कुरा गर्नुपर्छ,’ प्रवक्ता सापकोटाले भने ।
चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा समावेश नभएको भन्दै विरोध भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























