काठमाडौँ

पाकिस्तानसँग पराजित भएपछि बालेनले नेपाली टिमलाई भनेः हामी हिँडेको बाटो गलत छैन

Banner

काठमाडौं,भदौ१४- 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पाकिस्तानसँग पराजित नेपाली क्रिकेट टिमलाई सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै बालेनले टिमलाई सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका हुन् ।

उनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँगको कुराकानीलाई पनि समेटेका छन् ।

पारससँगको कुरा उल्लेख गर्दै बालेनले लेखेका छन्, ‘उहाँ भन्नु हुन्थ्यो– २००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो, हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ ।’

अहिले एसोसिएट देशहरुमा नेपालको अवस्था फरक रहेको उल्लेख गर्दै बालेनले अगाडि लेखेका छन्, ‘हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भनेजस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडीका तीब्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजमजस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरुलाई सुरुवातमा केही धक रहेजस्तो देखियो ।’

तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोगेको बालेनको भनाइ छ । त्यो सिकाइले हामीलाई भारतसँग खेल्न केही सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन् । उनले खेलाडी, व्यवस्थापक र समर्थकहरुलाई सम्बोधन गर्दै लेखेका छन्, ‘हामी हिँडेको बाटो गलत छैन । जय नेपाल ।’

हेर्नुहोस् उनको फेसबुक स्टाटसः

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>