अर्थ

प्रचण्ड सरकारको आयु लामो छैनः प्रवक्ता महत

Banner

काठमाडौं, वैशाख २२-

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्थिरता र अविश्वासको जगमा अहिलेको यो सरकारको आयु चाँडै टुंगिने जिकिर गरे ।

उनले भने, ‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

अहिले लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>