Breaking News

सोमपाल र सागरको शानदार बलिङ, नेपालसामु १ सय ७३ रनको लक्ष्य

Banner

काठमाडौँ, वैशाख २२-

वेस्ट इण्डिज ए विरूद्धको टि-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १७३ रनको लक्ष्य पाएको छ। त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज ए ले ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए ।

वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो ।

दोस्रो खेलमा १० रनले हारेको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>