राजनीति
फेरि एसपीपी सम्झौताको तयारी हुँदैछः खनाल

काठमाडौँ, भाद्र ११—
पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । नेकपा (एकीकृत समाजवादी) ्का सम्मानित नेतासमेत रहेका खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने जिकि गरे ।
उनले एमसीसी सम्झौता इमान्दारीपूर्वक, देशको हितमा गरिएको हो भने किन दस्ताबेजहरु लुकाएको भन्दै प्रश्नसमेत गरेका थिए । ‘एमसीसी सम्झौता, इमान्दारीपूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरी थियो? के कारणले लुकाइयो ? दालमा कालो छ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ । कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा.भीम रावलले माग गरेका हौं । कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसीभित्र के के समस्या छन् भन्ने कुरा स्पष्ट रुपमा राखेका छौं,ु नेता खनालले भने ।
खनालले सेनाका एक उच्च अधिकारीले आफूलाई एसपीपीबारे गोप्य सूचना दिएको तर यसबारे विस्तृतमा सार्वजनिक नगर्ने बताएका थिए ।



























