राजनीति

झलनाथ खनालको आरोपः प्रचण्ड नेतृत्वको गठबन्धन सरकारसँग ठोस नीति छैन

Banner

काठमाडौं,भदौ १०-

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारसँग कुनै नयाँ कुरा नभएको टिप्पणी गरेका छन् । समाजवादी प्रेस संगठनको दोस्रो स्थापना भेलालाई सम्बोधन गर्दै सरकारले अहिलेको समस्या समाधान गर्नको लागि कुनै ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाए ।

उनले भने, ‘अहिले सरकारको कुनै ठोस नीति लिएर अघि बढ्न सकेको छैन । परम्परागत नीतिमै छ । अहिलेका नीति, कार्यक्रम र बजेटहरूमा मैले नयाँ कुरा केही देखेको छैन । उही हिजोको नवउदारवादी चिन्तनको धरतलबाट नै सरकार दौडिरहेको छ ।’

उनले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक टिप्पणी भनिएपनि कतै कार्यान्वयन नभएको बताए । उनले शर्तसहितको कुनै पनि रकम स्वीकार्य नहुने सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>