आर्थिक
नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले विश्वको १० औं उच्च जोखिमयुक्त मुलुक हो: अर्थमन्त्री महत
०

काठमाडौं, भदौ १०-
अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत नेपाल रहेको बताएका छन् । विश्व वातावरण कोषको सातौं एसेम्बली बैठकमा बोल्दै उनले ४५ प्रतिशत वन क्षेत्र संरक्षण गरेर नेपालले मानव समुदायको स्वास प्रश्वासका लागि अक्सिजन प्रवाह गरिरहेको पनि बताए ।
उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा संकटापन्न जंगली जनावरको संरक्षण गरेको पनि बताए । त्यसको नतिजा स्वरुप नेपालमा बाघ र एकसिंगे गैडाको संख्या उल्लेख्य रुपमा बढेको पनि मन्त्री महतले दाबी गरे ।
नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि, सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























