स्वास्थ्य

चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु

Banner
दाङ, भदौ ७- 
यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यालय प्रमुख रमेश गौतमले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले कार्यालयको १३ नं कोठाबाट सेवा दिन थालेको बताउनुभयो । सो सेवा लिने सेवाग्राहीबाट रु ३८ मात्रै शुल्क लिइने पनि कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध हुने भएपछि सेवाग्राहीलाई सहजता हुने बताउनुभयो । यसअघि सेवाग्राहीले सो सेवा कार्यालय बाहिर रहेका पसलबाट चर्को मूल्यमा लिने गरेका थिए । उनीहरुले स्वास्थ्य सेवा लिएबापत रु तीन सय शुल्क तिर्दै आएका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>