अपराध

पत्रकार महासंघ केन्द्रले भन्यो: अक्सफोर्ड कलेजले चितवनमा पत्रकारलाई धम्क्याउनु निन्दनीय

Banner

चितवन, भदौं ५-

चितवनमा कार्यालयमा गएर अक्सफोर्ड कलेजका सञ्चालकसहतिको टोलीले पत्रकारलाई धम्क्याउने कार्य निन्दनीय भएको पत्रकार महासंघ केन्द्रीय समितिले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै सोमबार चितवनको नारायणी अनलाइन र चितवन पोष्ट दैनिक कार्यालयमा भएको घटनाको निन्दा गरेको हो ।

विज्ञप्तिमा अक्सफोर्ड कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारीको नेतृत्वमा गएको टोलीले मिडिया कार्यालयमा प्रवेश गरी गुन्डागर्दी शैलीमा पत्रकार राजु चौधरी र गोबिन्द अर्याललगायतका सञ्चारकर्मीलाई धम्की दिएको जनाएको छ । महासंघको विज्ञप्तिमा भनेको छ, ‘प्रकाशित समाचारबारे चित्त नबुझे या गुनासो भए त्यस उपर कानुनी उपचारमा जाने विकल्प छ । यसलाई लत्याएर गुण्डागर्दी शैलीमा सञ्चार माध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारलाई दुव्र्यवहार गर्दै धम्क्याएको यो घटना अत्यन्त निन्दनीय हुनुको साथै प्रेस स्वतन्त्रता र कानुन विपरितको काम हो । महासंघ स्वतन्त्र पत्रकारितामाथिको यो ज्यादतीमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा पत्रकार र सञ्चार माध्यमको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।’

त्यसैगरी महासंघले नेपाल पत्रकार महासंघ रौतहट कार्यसमिति सदस्य हिमालय टेलिभिजनका संवाददाता राकेश यादवमाथि क्रसर उद्योगका बारेमा समाचार संकलनका क्रममा भएको कुटपिटबारे पनि ध्यानाकर्षण भएको जनाएको छ । महासंघले स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुव्र्यवहार गर्ने माथि कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>