अपराध

भक्तपुरमा बाल सुधार गृहको ढोका तोडेर भागे १०० बढी कैदी

Banner

 

भक्तपुर, भदौं ४–

सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका १०० भन्दा बढी कैदी भागेका छन् ।

सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।

उनका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर उनीहरु भागेका हुन् । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए । ‘महिलाहरु भागेका छैनन्, केटाहरु भागेका छन् । कति भागे भन्ने यकिन भइसकेको छैन’, रिजालले भने, ‘गणना भइरहेको छ ।’

बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार सुधार गृहमा मृत्यु भएपछि तनाव भएको थियो । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>