कृषि

चाडपर्वका लागि सरकारले माग्यो भारतसँग चिनी, चामल र धान

Banner

काठमाडौं, साउन ३२-

सरकारले आउँदै गरेको दशैं र तिहारलाई लक्षित गरेर भारतसँग चिनी, चामल र धान माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० दिनअघि भारत सरकारलाई पत्र लेखेर चिनी, चामल र धान मागेको मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।

भारतले केही समय अघि बासमती बाहेकको चामल निर्यातामा प्रतिबन्ध लगाएपछि नेपालमा पनि चामल अभाव हुने हो की भनेर प्रश्न उठेको थियो । भारतले १५० भन्दा धेरै देशमा चामल निर्यात गर्दै आएको थियो । उद्योग मन्त्रालयमा समेत पटक पटक चामलको प्रतिबन्धको विषयमा छलफल भएको थियो ।

तिवारीले भारतलाई चिनी, चामल र धान माग गरेर १० दिन अघि पत्र पठाएको र भारतले अप्ठ्यारो परेका मुलुकलाई धान÷चामल दिने भनेकोले नेपालले मागेअनुसार पाउनेमा ढुक्क रहेको बताए ।

‘मन्त्रालयले भारतसँग चिनी, चामल र धान माग गरेर पत्र पठाएको छ । ५० हजार हजार टन चिनी, एक लाख टन चामल र १० लाख टन धान माग गरिएको छ’, उनले भने, ‘भारतले चामल प्रतिबन्ध लगाउँदा अप्ठारो पारेका देशलाई दिने भनेको छ । त्यसैले पनि हामीले माग गरे अनुसारको चिनी, चामल र धान पाउने छौं ।’

नेपाल हाल चिनी, चामल र धानको अभाव नभएको तर चाडपर्व नजिकिँदै गएकाले अभाव नहोस् भनेर मन्त्रालयले चिनी, चामल र धान मागेको तिवारीले बताए ।

नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धान खेतीका लागि योग्य छ । तर, धान खेती योग्य ३० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा रहेको छ । ७० प्रतिशत धान खेती जमिनमा बर्खाको पानीको भर पर्नु पर्ने अवस्था रहेको छ ।

औसतमा नेपालमा प्रतिहेक्टर चार टन धान उत्पादन हुन्छ । १४ लाख ७० हजार हेक्टरमा ५५ देखि ६० लाख मेट्रिक टन धान नेपालमा उत्पादन हुन्छ । सो उत्पादनले नेपालमा ८० प्रतिशतसम्म मात्रै माग धान्न पुग्छ भने २० प्रतिशत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>