समाज

भरतपुरका कलेज र विद्यालयमा ‘रक्तदाता उत्प्रेरणा एवम् सचेतनात्मक कार्यक्रम’

Banner

चितवन, साउन २९-

अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत दुई दिने ‘रक्तदाता उत्प्रेरणा एवम सचेतनात्मक कार्यक्रम’ आइतबार पहिलो दिन चार विद्यालयहरुमा सम्पन्न भएको छ।

अर्किड कलेज, नारायणी पब्लिक ईंग्लिश बोर्डिङ स्कूल, सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणी नमूना माविमा कार्यक्रम गरिएको थियो । कार्यक्रम ब्लड डोनर्स सोसाइटी नेपाल, सरल नेपाल र डाइनामिक मिडियाको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हो ।

कार्यक्रमलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङद्वारा प्रायोजन गरिएको थियो। यस कार्यक्रमको प्रशिक्षकमा नेपाल रेडक्रस सोसाइटी, चितवन जिल्ला सदस्य रुद्र अधिकारी, प्रशिक्षक बिनिता गौतम र बिश्वनाथ सापकोटा रहेका थिए ।

कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका सस्थापक अध्यक्ष अर्जुन अधिकारी, केन्द्रिय उपाध्यक्ष सन्तोस शाह, केन्द्रिय महासचिव अन्जन दवाडी साथै सदस्यहरु प्रवल केसी, दिपक घिमिरे, एवम् सरल नेपालका अध्यक्ष मनिष पौडेल, भरतपुर महानगर शैक्षिक प्रशासनका अर्जुन सिंह मडै, नेपाल रेडक्रसका चिज आले समेतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>